फरक मत राख्नेविरुद्ध ‘साइबर बुलिङ’ : बलात्कार र हत्याको धम्की दिनेलाई कसले गर्ने कारवाही ?

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेपछि शनिबार बिहानै देशभर प्रदर्शन सुरु भयो । एमालेका कार्यकर्ता तथा समर्थक सरकारविरुद्ध सडकमा उत्रिए । सडकमा उत्रिएका एमाले कार्यकर्ताले ‘प्रतिशोधपूर्ण राजनीति बन्द’ गर भन्दै नारा लगाए । त्यसैमध्येमा संघीय राजधानी काठमाडौँमा एक जेन–जी किशोरीले एमाले अध्यक्षलाई प्रक्राउ गर्नु कानूनसम्मत नभएको अभिव्यक्ति दिइन् । […]