लेबनानमा इजरायली आक्रमण जारी रहेको आरोप लगाउँदै इरानले विश्वकै महत्वपूर्ण तेल तथा ग्यास ढुवानी मार्गमध्ये एक मानिने होर्मुज जलडमरूमध्य पुनः बन्द गर्ने घोषणा गरेको छ। इरानको संयुक्त सैन्य कमाण्डले शनिबार सरकारी टेलिभिजनमार्फत उक्त निर्णय सार्वजनिक गरेको हो। इरानले अमेरिका र इरानबीच हालै भएको शान्ति समझदारीको पहिलो शर्त नै लेबनानसहित विभिन्न मोर्चामा सैन्य गतिविधि रोक्नु रहेको […]