नगरको दूषित खानेपानीको समस्याबारे सामाजिक सञ्जालमा आवाज उठाउने एक महिलालाई पक्राउ गरेपछि विवादमा तानिएको अमेरिकाको टेक्सासस्थित ट्रिनिडाड प्रहरी विभागलाई राज्य सरकारले खारेज गर्ने आदेश दिएको छ। राज्यको नियामक निकायले उक्त प्रहरी विभागले “समुदायलाई कुनै लाभ पुर्याउन नसकेको” र न्यूनतम मापदण्डसमेत पूरा नगरेको ठहर गर्दै सो निर्णय गरेको हो। ‘टेक्सास कमिसन अन ल एनफोर्समेन्ट’ले गत सेप्टेम्बर […]