काठमाडौँ। पेरिससहित फ्रान्सका मुख्य सहरहरूमा महँगी र खस्कँदो सार्वजनिक सेवाविरुद्ध भएको विशाल प्रदर्शन हिंसात्मक बनेपछि फ्रान्सेली प्रशासन तथा राजनीतिक वृत्तमा ठूलो हलचल पैदा भएको छ। देशका धेरै सहरहरूमा स्थिति प्रहरीको नियन्त्रणभन्दा बाहिर गएपछि फ्रान्सका गृहमन्त्री लोरँ न्युनेजले स्थितिको गम्भीरता आकलन गर्न प्रशासन असफल भएको स्वीकार गरेका छन्। गृहमन्त्री न्युनेजले पदबाट राजीनामा दिने प्रस्ताव गरे पनि […]