तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक वासस्थान बनाउँदै

दमौली । निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले आयोजना क्षेत्रमा रहेका चमेराको संरक्षणका लागि तीनवटा वैकल्पिक वासस्थान निर्माण सुरु गरेको छ । आयोजना निर्माणका क्रममा रूख कटान तथा अन्य गतिविधिबाट चमेराको प्राकृतिक वासस्थान प्रभावित हुन सक्ने भएपछि वैकल्पिक आश्रयस्थल तयार गर्न लागिएको हो । आयोजनाका प्रमुख श्यामजी भण्डारीले वन्यजन्तु संरक्षण तथा वासस्थान व्यवस्थापन योजनाअन्तर्गत […]