हेटौँडा। मकवानपुरको बकैया गाउँपालिका ७‚ अँधेरीमा आज (मंगलबार) दिउँसो ट्याक्टर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। दुर्घटनामा १९ जना घाइते भएका छन्। लु.५त १४७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा बकैया गाउँपालिका ७ अँधेरीका ५५ वर्षीय केशव माझी, ५५ वर्षीय युवराज माझी र ४५ वर्षीय शन्तलाल माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक […]