बेपत्ता मुस्ताङ एयरको हेलिकप्टरमा थिए पाइलटसहित ५ यात्रु

काठमाडौं– दोलखाबाटको ल्याप्चा क्षेत्रबाट शुक्रबार सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकप्टरमा ५ जना सवार रहेको खुलेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) त्रिभुवन विमानस्थल कार्यालयका अनुसार ९ एन-एनओ दर्ता नम्बरको एएस ३५०  हेलिकप्टर दिउँसो करिब १:३० बजेदेखि सम्पर्कविहीन भएको हो। हेलिकप्टर काठमाडौं–चरिकोट–ल्हाप्चा–चरिकोट–काठमाडौं उडान कार्यक्रमअन्तर्गत ल्हाप्चाबाट १२:१७ बजे चरिकोटतर्फ उडेको थियो । हेलिकप्टरमा चालक दलका रूपमा १ […]