हिमालयन रियल्टर्सलाई ‘भू–सेवा’ सञ्चालन अनुमति, घरजग्गा कारोबार डिजिटल र पारदर्शी बन्ने

हिमालयन रियल्टर्सले रियल इस्टेट ब्रोकर तथा राष्ट्रव्यापी ‘भू–सेवा’ सञ्चालनका लागि पूर्ण इजाजतपत्र प्राप्त गरेको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभाग बाट प्राप्त उक्त अनुमतिसँगै अब देशभरका घरजग्गा कारोबारलाई एकीकृत रूपमा सहजीकरण गर्ने बाटो खुलेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार विगतमा प्रत्येक मालपोत कार्यालयबाट छुट्टाछुट्टै अनुमति लिनुपर्ने जटिल प्रक्रियाका कारण सेवा प्रवाहमा समस्या हुँदै आएको थियो। […]