काठमाडौँ । प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआरसी) मा पछिल्लो समय इबोला भाइरसको संक्रमण दरमा केही कमी देखिए पनि महामारी उत्कर्षमा पुगेर नियन्त्रणतर्फ गइसकेको निष्कर्ष निकाल्न अझै हतार हुने स्वास्थ्य अधिकारीहरूले चेतावनी दिएका छन् । कंगोको राष्ट्रिय जनस्वास्थ्य संस्थान (आईएनएसपी)का वरिष्ठ अधिकारी क्रिस्टियन न्गान्दुले राजधानी किन्सासामा आयोजित पत्रकार सम्मेलनमा महामारीको अघिल्लो चरणको तुलनामा पछिल्ला दिनहरूमा सङ्क्रमितको कुल […]