२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारहरूको क्षेत्र, जाति, उमेर, लैङ्गिक स्थितिबारे मतदातालाई थाहै हुनुपर्छ। तर, उम्मेदवारहरूको शैक्षिक योग्यता कति होला? यसबारे धेरैलाई थाहा नहुन सक्छ। त्यो किन पनि भने निर्वाचन कानूनले उम्मेदवार बन्न शैक्षिक योग्यताको छेकबार लगाएको छैन अर्थात् धेरै पढेको वा साक्षर व्यक्तिले पनि उम्मेदवारी दिनसक्ने व्यवस्था छ। तर, निर्वाचन आयोगले उम्मेदवारको वैयक्तिक विवरणमा […]