काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले सरकारले जनताको दैनिक जीवन सहज बनाउन आवश्यक कार्यक्रम ल्याउन नसकेको बताउनुभएको छ । सिंहदरबारस्थित संसद भवन बाहिर संचारकर्मीहरुसँग कुराकानी गर्ने क्रममा उहाँले सरकारले सुरुवातमा नै राम्रो छनक नल्याएको बताउनुभएको हो । उहाँले जनताको चुल्हो बल्नै गाह्रो हुने अवस्था सिर्जना हुन लागेको अवस्थामा सरकारले संकट व्यवस्थापनमा ध्यान दिन […]