मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा: नीतिगत दर यथावत्, निक्षेप सुविधामा पुनरावलोकन गरिने

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । समीक्षाले आर्थिक वर्षको सुरुदेखि नै लिइएको लचिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिने निर्णय गरेको छ । राष्ट्र बैंकले विदेशी विनिमय सञ्चिति र मुद्रास्फीति आफ्नो लक्ष्यअनुरूप नै रहने प्रक्षेपणका आधारमा मौद्रिक कार्यदिशालाई निरन्तरता दिएको हो । समीक्षाअनुसार ब्याजदर करिडोर, […]