बेनी-दरबाङ सडक खण्डको पहिरो पन्छाउन सुरु, यातायात सञ्चालनमा ल्याउने प्रयास

म्याग्दी । अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध बनेको म्याग्दीको बेनी-दरबाङ सडक मर्मत तथा पहिरो पन्छाउने काम तीव्रताका साथ अघि बढाइएको छ। पश्चिमी क्षेत्रमा रहेका तीन वटा स्थानीय तहलाई सदरमुकाम बेनीसँग जोड्ने मुख्य सञ्जालको रूपमा रहेको यस सडक खण्डअन्तर्गत बेनी नगरपालिका-४ स्थित सिंगामा पहिरो खसेपछि यातायात सेवा प्रभावित बनेको थियो। सडक अवरुद्ध हुँदा सर्वसाधारण र […]