मुगु– श्रमबाटै समृद्धि सम्भव हुन्छ भन्ने उद्देश्यले छायाँनाथ रारा नगरपालिकाले श्रम बैंक खोल्नेसम्बन्धी कार्यविधि पारित गरेको छ । नगर प्रमुख विष्णुकुमार भामले उक्त कार्यविधि राजपत्रमार्फत सार्वजनिक गरेका हुन् । नगरप्रमुखमा निर्वाचित भएदेखि प्रत्येक शनिबार नगरक्षेत्रका विभिन्न स्थानमा श्रमदानमा खटिँदै आएका प्रमुख भामले श्रमदानलाई निरन्तरता दिन, श्रमदान संस्कृति जोगाइराख्न र कम लागतका सानातिना समस्या श्रमदानबाटै समाधान […]