संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा विरुद्ध उजुरी आह्वान गरेको छ। समितिले शर्मालाई प्रधानन्यायाधीश पदमा नियुक्त गर्न उपयुक्त नभएको ठान्ने व्यक्तिहरूलाई स्पष्ट आधार र प्रमाणसहित उजुरी दिन सार्वजनिक सूचना जारी गरेको हो। समितिद्वारा जारी सूचनाअनुसार उजुरी दिन चाहने व्यक्तिले आफ्नो नाम, थर, वतन तथा सम्पर्क नम्बर खुलाउनुपर्नेछ। यद्यपि, उजुरीकर्ताको नाम गोप्य राख्न सकिने […]