आज सिँचाइ दिवस : कृषियोग्य जमिनमा सिँचाइ विस्तार अझै चुनौतीपूर्ण

‘जलस्रोतको व्यवस्थित उपयोग, समृद्ध देश निर्माणमा सहयोग’ भन्ने नारासहित आज देशभर सिँचाइ दिवस तथा जलस्रोत तथा सिँचाइ विभागको स्थापना दिवस विविध कार्यक्रम गरी मनाइँदै छ। कृषि उत्पादन वृद्धिसँग प्रत्यक्ष सम्बन्ध रहेको सिँचाइ क्षेत्रको विस्तार भए पनि अझै ठूलो क्षेत्र सिँचाइ सुविधाबाट वञ्चित रहेको तथ्याङ्कले देखाएको छ। नेपालमा सिँचाइको औपचारिक सुरुआत २००९ सालमा नहर विभाग स्थापना […]