हर्मुज जलघाँटीमा एलएनजी ट्याङ्करमाथि प्रहार, क्षेत्रीय तनाव थप चुलियो

दुबई- विश्व ऊर्जा आपूर्तिको प्रमुख समुद्री मार्ग हर्मुज जलघाँटीमा फेरि एकपटक एलएनजी (तरलीकृत प्राकृतिक ग्यास) बोकेको ट्याङ्करमाथि प्रहार भएको छ। ओमानको तट नजिक मङ्गलबार बिहान भएको आक्रमणपछि ट्याङ्करमा आगलागी भएको बेलायती सेनाले जनाएको छ। बेलायतको युनाइटेड किङ्गडम मेरिटाइम ट्रेड अपरेसन्स (युकेएमटीओ) का अनुसार ओमानको लिमाह क्षेत्रनजिक दक्षिणतर्फ गइरहेको ट्याङ्करको बायाँ भागमा प्रक्षेप्य प्रहार भएको थियो। आगलागी […]