स्वीट्जरल्यान्डमा नेपालको प्रविधि क्षमता प्रदर्शन, १७ आईटी कम्पनीले गरे आफ्नो सेवा र समाधानको पिच

नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज् (नास–आईटी) ले स्विस नेपाल चेम्बर अफ कमर्ससँगको सहकार्यमा स्वीट्जरल्यान्डको ज्युरिखमा ‘नेपाल टेक रोडशो स्वीट्जरल्यान्ड २०२६’ आयोजना गरेको छ। सेप्टेम्बर १६ मा आयोजित कार्यक्रममा नेपाल र स्वीट्जरल्यान्डका व्यवसायी, प्रविधि क्षेत्रका प्रतिनिधि, लगानीकर्ता तथा सरोकारवालाबीच नेपाली सूचना प्रविधि उद्योगको क्षमता र व्यावसायिक सहकार्यका सम्भावनामाथि छलफल भएको नास–आईटीले जनाएको छ। […]