ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा शनिबार बसेको सचिवालय बैठकले केही क्षेत्रबाहेकका ठाउँमा उम्मेदवारको नाम तय गरेको सचिव महेश बस्नेतले जानकारी दिए। उनका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओली झापा–५ बाट र सभामुख देवराज घिमिरे झापा–२ बाट उम्मेदवार बनेका छन्।