सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानबीच २७ बुँदे मागमा समझदारी भएको छ । सम्झौतापत्रमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र महाभियानका प्रतिनिधि दुर्गा प्रसाईंले हस्ताक्षर गरेका छन् । मागपत्रमा प्रमुख रूपमा संविधान खारेज, राजसंस्था पुनस्र्थापना, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था, साथै बैंक ऋण मिनाहाजस्ता विषय समावेश छन् । महाभियानले २६ […]