भोटेकोशीमा आएको भीषण बाढीका कारण घरबास गुमाएका १५३ परिवारलाई नेपाल चिकित्सक संघ र युएसभी फर्मास्युटिकल्सले अत्यावश्यक राहत सामग्री हस्तान्तरण गरेका छन्।
चिकित्सक संघका अध्यक्ष डा बद्रि रिजालको नेतृत्वमा गएको टोलीले आइतबार नुवाकोटको पिपलटारमा आश्रय लिइरहेका १५३ विस्थापित परिवारलाई राहत सामग्री हस्तान्तरण गरेका हुन्।