बीपी क्यान्सर अस्पतालमा अध्यक्षका लागि खुला प्रतिस्पर्धा: सात दिनभित्र आवेदन दिन मन्त्रालयको आह्वान

सरकारले चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष पदका लागि खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया सुरु गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक सार्वजनिक सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक चिकित्सकहरूलाई सात दिनभित्र आवेदन दिन आह्वान गरेको हो।