रसुवामा ट्राफिक कारबाही तीव्र

रसुवा। यातायात कार्यालय रसुवाको अनुमति बेगर खाली कन्टेनर डिब्बा चीनको केरुङतर्फ लैजान थालेपछि त्यसलाई कानुनी दायरामा ल्याउन ट्राफिक प्रहरीले कारबाही तीव्र बनाएको छ। गत पुस १७ गतेदेखि मितेरी पुल सञ्चालनमा आएपछि यातायात कार्यालयको अनुमति बिना रसुवा प्रवेश गर्ने कन्टेनर डिब्बाको सङ्ख्या ६५ पुगेको ट्राफिक प्रहरीले जनाएको छ। ती कन्टेनर चालकलाई जनही रु एक हजारका दरले […]