मधेश प्रदेश सांसद साहले दिए राजीनामा

काठमाडौं । मधेश प्रदेश नेकपा माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साहले सांसद पदबाट राजीनामा दिएका छन् । महोत्तरी क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यको चुनाव लड्न उनले सांसद पदबाट राजीनामा दिएका हुन् । मंगलबार प्रतिनिधिसभा अन्तर्गतको उम्मेदवारी दर्ता हुँदैछ । त्यसअघि दलहरूले धमाधम आफ्ना उम्मेदवारहरूको टुंगो लगाइरहेको छ ।