पहिरोले किम्रुङ खोला थुनिएको खबरपछि तटीय क्षेत्रमा सतर्कता, सेना र प्रहरी तयारी अवस्थामा

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ स्थित किम्रुङ खोलामा पहिरो खसेर पानीको प्राकृतिक बहाव अवरुद्ध भएको खबरपछि स्थानीय प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सतर्क गराउँदै सुरक्षा निकायलाई तयारी अवस्थामा राखेको छ। कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङले वडाध्यक्षबाट खोला थुनिएको जानकारी आएको र सम्भावित जोखिमलाई ध्यानमा राखेर सुरक्षा टोलीलाई सतर्क बनाइएको प्रशासन सिंहदरबार विशेष ब्युरोलाई बताए। […]