काठमाडौं । उपत्यका पेट्रोल पम्पहरुमा भीड देखिन थालेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्वसाधारणहरु गाउँ फर्कने क्रम बढेसँगै र मध्यपूर्वमा इरान–इजरायल युद्धको सम्भावनाले पेट्रोलियम पदार्थको अभाव हुनसक्ने त्रासका कारण काठमाडौंका पेट्रोल पम्पहरूमा भीड देखिन लागेको हो ।आइतवार, सोमवार पम्पहरुमा इन्धन भर्नेहरुको भीड रह्यो । इन्धन भर्न केही समय सवारीहरु लाइनमा बस्नुपरेको थियो । […]
काठमाडौं- उम्मेदवारी खारेजीमा परेका किशोरी साह कमल एक पटक नभएर, आठ पटसम्म कालोसूचीमा परेको भेटिएको छ। धनुषा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार साह ८ पटकसम्म कालोसूचीमा परेको विवरण भेटिएको हो । साह बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेकोले उनको उम्मेदवारी खारेज गरिएको जानकारी मंगलबार निर्वाचन आयोगले दिएको छ। मधेश प्रदेश सभाका […]
‘सुशासन’ र ‘नयाँ राजनीति’को नारा दिएर आम सर्वसाधारणको ध्यान खिच्न सफल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रका उम्मेदवारहरू एकपछि अर्को गर्दै आर्थिक विवाद र कानुनी झमेलामा मुछिन थालेका छन् । धनुषामा उम्मेदवारी खारेजीको धक्का व्यहोरेको रास्वपालाई अहिले सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ मा आफ्ना उम्मेदवार अमरकान्त चौधरीको करोडौंको ‘चेक बाउन्स’ र भ्रष्टाचारको मुद्दाले थप संकटमा पारेको […]
१९ फागुन, काठमाडौं । पुल्चोकस्थित दाउरा थकालीमा आगलागी भएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार भर्खरै आगलागी भएको हो ।
आगो नियन्त्रणका लागि टोली परिचालन भइसकेको उनले बताए ।
थप विवरण आउन बाँकी छ …