जाँचबुझ आयोगद्वारा जेनजी आन्दोलनका क्रममा भएको क्षतिको विवरण सङ्कलन

कञ्चनपुर – गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा कञ्चनपुरमा भएको क्षतिको जाँचबुझ आयोगले विवरण सङ्कलन थालेको छ । आयोगका सदस्य विश्वेश्वरप्रसाद भण्डारीले कञ्चनपुरमा आगजानी र तोडफोडबाट भएको क्षतिको विवरण सङ्कलन गरेका हुन् । आयोगका सदस्य भण्डारी, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल र जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुले जेनजी आन्दोलनका क्रममा भएका घटनाको विवरण […]