सिटिजन्स बैंकको ‘१ खाता, १ रुख’ अभियान, देशभर १,५०० बिरुवा रोपियो

विश्व वातावरण दिवस २०२६ को अवसरमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ‘१ खाता, १ रुख’ अभियानअन्तर्गत देशभर १ हजार ५०० वटा बिरुवा रोपेर वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण तथा वातावरण संरक्षणमा योगदान पुर्‍याउने उद्देश्यले काठमाडौंको बुढानीलकण्ठस्थित चौकीडाँडा पर्यटकीय पार्कमा वृहत् वृक्षारोपण कार्यक्रम आयोजना गरेको हो। […]