कैलाली । कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आगामी शैक्षिक सत्रदेखि चिकित्सा शिक्षाको पठनपाठन सुरु हुने भएको छ । विश्वविद्यालय सभाको बुधबार बसेको बैठकले बिभिन्न चार वटा संकायमा पठनपाठन सुरु गर्ने निर्णय गरेको हो । शिक्षामन्त्री सस्मित पोखरेलको अध्यक्षतामा सम्पन्न बैठकले विश्वविद्यालयमा विभिन्न शैक्षिक कार्यक्रम सञ्चालनसँगै विद्यार्थी भर्ना कोटा निर्धारण समेत गरेको छ […]