काठमाडौं– नेपाल विज्ञापन संघ (आन) ले आयोजना गरेको रेडबुल १३औँ कृति अवार्ड्स २०८३ को उद्घाटन सत्र ‘कृति इग्नाइट’ कार्यक्रममार्फत औपचारिक रूपमा सम्पन्न भएको छ। काठमाडौंमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाको प्रमुख आतिथ्यमा कार्यक्रमको उद्घाटन गरिएको हो । कार्यक्रममा विज्ञापन तथा सञ्चार क्षेत्रसँगै विभिन्न उद्योग तथा व्यवसाय क्षेत्रका प्रतिनिधिहरूको सहभागिता थियो । […]