राष्ट्रिय मान्यताप्राप्त नेपाल संवत् विश्वमा प्रचलनमा रहेका संवत्हरूभन्दा अलि फरक छ। प्रचलित संवत्हरूमध्ये कुनै राजाको नाममा छ भने कुनै धर्मगुरु वा अन्य व्यक्तिविशेष नाममा। कुनै चाहिँ वंश वा घटनाविशेषसँग सम्बन्धित छन्। नेपाल संवत् मात्रै एउटा यस्तो संवत् हो, जुन देशको नाममा छ। ऐतिहासिक सामग्रीहरू पर्गेल्दा नेपालमा अनेकौँ संवत् चलेको पाइन्छ। कतिपय संवत् आयातित हो भने […]