दसैँमा रातो वा सेतो टीका किन लगाइन्छ ?

दसैँ भन्नेबित्तिकै धेरै नेपालीको मनमा निधारभरि रातो टीका, कानमा सिउरिएको पहेँलो जमरा, परिवारका ज्येष्ठ सदस्यको हातबाट पाइने आशीर्वाद र आफन्तसँगको भेटघाटको तस्बिर आउँछ। विजयादशमीका दिन रातो टीका र जमरा लगाएर मान्यजनबाट आशीर्वाद लिने चलन नेपाली समाजमा निकै प्रचलित छ। तर नेपालका सबै समुदाय र परिवारमा दसैँको टीका एउटै रङको हुँदैन। कतिपयले रातो टीका लगाउँछन् भने […]