एजेन्सी - इप्स्विच टाउनको प्रिमियर लिगबाट रेलिगेसनमा परेको छ। १० खेलाडीमा सिमित भएको न्युक्यासल युनाइटेडसँग शनिवार ३-० ले पराजित भएसँगै इप्स्विच यो बाट रेलिगेसनमा परेको हो। बेन जोनसनले पहिलो हाफमै दुई पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिए । न्युक्यासलले त्यसको फाइदा उठायो । अलेक्जेन्डर इसाकले पहिलो हाफको इन्जुरी समयको चौथो मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरे। त्यसपछि