काठमाडौं- सुरक्षण मुद्रण केन्द्रले पहिलोपटक छपाई गरेको सवारीचालक अनुमति पत्र (लाइसेन्स) यातायात व्यवस्था विभागलाई हस्तान्तरण गरेको छ । क्यूआर कोड सहितको लाइसेन्सको परिक्षण सफल भएसँगै केन्द्रले शुक्रबार दिउँसो विभागलाई हस्तान्तरण गरेको हो । पहिलो चरणमा केन्द्रले ५ सय २० थान लाइसेन्स हस्तान्तरण गरेको यातायात व्यवस्था विभागका सूचना तथा प्रविधि निर्देशक केशव खतिवडाले बताएका छन । […]