बारबर्दिया नगरपालिकाका इन्जिनियर अख्तियारको नियन्त्रणमा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियाको बारबर्दिया नगरपालिकाका इन्जिनियर मोहनदेव मल्ललाई नियन्त्रणमा लिएको छ । नगरपालिकास्थित भवन तथा बस्ती विकास शाखामा कार्यरत मल्ललाई १ लाख ५० हजार घुससहित नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन् । मल्ललाई आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले बिहीबार नियन्त्रणमा लिएको प्रवक्ता न्यौपानेले उल्लेख गरेका छन् […]