काठमाडाैं । दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक हुमबहादुर पराजुलीका अनुसार बुधबार बिहान करिब ९ बजे हिरासतमा रहेका दङ्गीशरण गाउँपालिका–४, बैँबाङ निवासी २५ वर्षीय रोसन चौधरीको मृत्यु भएको हो। चौधरी गत मङ्सिर २८ गते तुलसीपुर बसपार्कबाट ५ दशमलव १० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ […]