भारतीय बलरविरुद्ध चलेन पाकिस्तानी ब्याटिङ, ६१ रनले पराजित

काठमाडौँ – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको पाकिस्तानले १७.५ ओभरमै सबै विकेट गुमाएको छ । आइतबार श्रीलंकाको कोलम्बोस्थित आर प्रेमादासा क्रिकेट रंगशालामा १७६ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १७.५ ओभर सकिँदा सबै विकेट गुमाएर ११४ रनमात्रै बनायो । शीर्षक्रम चल्न नसकेपछि पाकिस्तान आईसीसी टी–२० विश्वकप २०२६ मा भारतसँग ६१ रनले पराजित भयो । […]