काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सुकुम्वासी बस्ती हटाउने क्रममा पर्याप्त सूचना र समय नदिई हतारमा गरिएको भन्दै असन्तुष्टि जनाएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बस्ती हटाउँदा मानवीयता र व्यवहारिकता कायम गर्न नसकिएको टिप्पणी गरे। पर्याप्त तयारीबिना डोजर प्रयोग गर्नु गलत भएको उनको भनाइ थियो। महामन्त्री पौडेलले सुकुम्वासी बस्तीमा ‘सुकुम्वासी नभई हुकुम्वासी […]