नर्सहरुको आन्दोलन निरन्तर : कहाँ कसरी भइरहेको छ?

सरकारी सरह सेवा सुविधा बढाउनुपर्ने माग राख्दै चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजबाट सुरु भएको नर्स आन्दोलन अहिले देशव्यापी बनेको छ। हाल पोखरास्थित गण्डकी, मणिपाल मेडिकल कलेज, विराटनगरस्थित विराट मेडिकल, काठमाडौंको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल, भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा समेत आन्दोलन फैलिएको छ।