आज भाइटीका : उत्तम साइत बिहान ११:०७ बजे, दिनभरि टीका लगाउन सकिने

काठमाडौं । नेपालीको दोस्रो ठूलो पर्व तिहारको अन्तिम दिन आज देशभर भाइटीका हर्षोल्लासका साथ मनाइँदै छ। यमपञ्चकको पाँचौँ दिन अर्थात् कात्तिक शुक्ल द्वितीयाका अवसरमा दिदीबहिनीले आफ्ना दाजुभाइलाई सप्तरंगी टीका र माला लगाइदिएर पर्व मनाउने परम्परा रहेको छ। भाइटीकाका अवसरमा दिदीबहिनीले दाजुभाइको सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति तथा समृद्धिको कामना गर्दै निधारमा सप्तरंगी टीका लगाइदिने चलन छ। […]