प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगममा पहुँचका आधारमा भर्ती गरिएका करार कर्मचारी तत्काल हटाउन निर्देशन दिएकी छन्। नागरिक उड्डयन तथा पर्यटनमन्त्रीको जिम्मेवारी समेत सम्हालिरहेकी उनले निगमको सञ्चालक समिति र व्यवस्थापनका अधिकारीहरूलाई सिंहदरबारमा बोलाएर यस्तो निर्देशन दिएकी हुन्। प्रधानमन्त्री कार्कीले निगममा राजनीतिक दबाब र मनपरी नियुक्ति रोक्न आग्रह गर्दै भनिन्, “जेनजीहरूले यत्रो रगत बगाएको केका […]