सडकको काम समयमै नगर्ने ६ निर्माण कम्पनी कालोसूचीमा, कति वर्षसम्म ठेक्कामा रोक ?

कर्णाली राजमार्ग, नाग्म–गमगडी तथा जुम्लाबाट मनाङ–मुस्ताङ जोड्ने सडकका निर्माण र स्तरोन्नतिमा सम्झौताअनुसार काम नगर्ने छ निर्माण कम्पनी कालोसूचीमा परेका छन्। सडक डिभिजन कार्यालय जुम्लाको सिफारिसपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले ती कम्पनीलाई एकदेखि तीन वर्षसम्म कालोसूचीमा राखेको सडक डिभिजनले जनाएको छ। सडक डिभिजन प्रमुख श्रवणकुमार महताराका अनुसार आर्थिक वर्ष २०७५ देखि २०८० सम्म सम्झौता गरेका कम्पनीले […]