काठमाडौं । कीर्तिपुर नगरपालिका–९ स्थित एक घरमा पार्किङ गरी राखिएको मोटरसाइकलबाट पेट्रोल चोरी गरिरहेको अवस्थामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। मिति २०८२ चैत २२ गते राति करिब १:३० बजे बा.२९ प २४२ नम्बरको मोटरसाइकलबाट पेट्रोल चोरी भइरहेको सूचनाका आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको टोलीले घटनास्थलबाट एक जनालाई नियन्त्रणमा लिएको थियो। प्रहरीका अनुसार पक्राउ पर्नेमा […]