एसएसपी लालबाबु गिरीको सर्टिफिकेट नक्कली

काठमाडौँ। नेपाल प्रहरी अस्पतालमा कार्यरत प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को एसएलसी प्रमाणपत्र नै नक्कली रहेको पाइएको छ। प्रहरी नायब निरीक्षक (सई) बाट जागिर सुरु गरेका एसएसपी लालबाबु गिरीको एसएलसी प्रमाणपत्र नक्कली रहेको भेटिएको हो। गिरीविरूद्ध नक्कली प्रमाणपत्र पेस गरी प्रहरीको उच्च पदमा पुगेर लाभ लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा भ्रष्टाचार […]