शनिबार अपराह्नको चहलपहलमा मिसिँदै हिँड्दा दुई हजार वर्ष पुरानो परम्परा बोकेको नगरमा घुम्दै छु भन्ने आभास पटक्कै हुँदैन। शिलालेखअनुसार नै पनि लिच्छविकालदेखि निरन्तर रहेको टोखा नगरको यस बाटोमा शनिबार गाडी बन्द छ, सब पैदल नै हुन्छन्। लहरै खानाका स्टलहरू हुन्छन्। हाकुपटासीमा सजिएका बालाहरूको मुहारमा फैलिएको मुस्कानले अतिथिलाई निम्तो दिइरहेको हुन्छ- आउनुस्, हाम्रोमा खानुस् न। मुस्कानमा […]