फोहोरी सरकारी कार्यालय

ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय पुग्नुभएको छ? पहिले पुग्नुभएको छ भने त भन्नै परेन, छैन भने चाहिँ सचेत भइरहनुहोला। सेवाग्राहीको सधैँजसो भीडभाड हुने यातायात कार्यालय पुगेपछि काम सक्न घन्टौँ लाग्न सक्छ। त्यस्तो अवस्थामा सेवाग्राहीले भोग्नुपर्ने प्रमुख समस्या हो, शौचालयको दुर्गन्ध। कार्यालयको सवारीचालक अनुमतिपत्र शाखा भवनको बाहिर एउटा अस्तव्यस्त शौचालय छ। दुर्गन्धले त्यहाँ पस्नै मुस्किल हुन्छ। […]