काठमाडौँ— देशभरका अपाङ्गता भएका व्यक्तिहरूद्वारा सञ्चालित संस्थाहरूको छाता संगठन राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल भित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । वर्तमान सङ्घीय अध्यक्षले संस्थालाई ‘निजी कम्पनी’ जस्तै स्वेच्छाचारी ढङ्गले सञ्चालन गरेको, आर्थिक अनियमितता गरेको र आसन्न १० औँ महाधिवेशन कब्जा गर्ने दाउ रचेको भन्दै असन्तुष्ट पदाधिकारीहरूले महासंघको केन्द्रीय तथा ७ वटै प्रदेश कार्यालयहरूमा अनिश्चितकालीन तालाबन्दी […]