एकीकृत स्वास्थ्य शिक्षाको नमुना: गेटा मेडिकल कलेजमा आयुर्वेदको सम्भावना

यो मोडेल सफल भएमा देशभर विस्तार गर्न सकिन्छ। यो केवल एउटा कलेजको मुद्दा होइन- यो नेपालको स्वास्थ्य स्वतन्त्रता, आत्मनिर्भरता र उज्ज्वल स्वास्थ्य भविष्यको मुद्दा हो। समय आएको छ— गेटा मेडिकल कलेजलाई एकीकृत स्वास्थ्य शिक्षाको राष्ट्रिय नमुना बनाउने। सरकार, विश्वविद्यालय सञ्चालक समिति र स्वास्थ्य विज्ञहरूले यो ऐतिहासिक अवसरलाई तत्काल सदुपयोग गर्नुपर्दछ।