कृत्रिम जलाशयमा डुङ्गा सञ्चालन

तुलसीपुर (दाङ)- दाङको तुलसीपुर उपमहानगरपालिका-१ देवीस्थानस्थित जम्मुचिरा जलाशय(ड्याम)मा डुङ्गा सञ्चालनमा ल्याइएको छ । सिँचाइका लागि निर्माण गरिएको उक्त जलाशयमा आन्तरिक पर्यटक प्रवर्द्धन गर्ने उद्देश्यले डुङ्गा सञ्चालनमा ल्याइएको हो । वडाध्यक्ष हुमकान्त सापकोटाले स्थानीयस्तरमा स्वरोजगार सिर्जना गर्नुका साथै पर्यटन प्रवर्द्धनका लागि डुङ्गा सञ्चालनमा ल्याइएको बताए । “खासगरी यो ड्याम सिँचाइका लागि निर्माण गरिएको हो”, उनले भने, […]