कैलालीमा धान खरिद गर्न थालियो

सुदूरपश्चिम– बर्सेनि धान खरिद गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कैलाली जिल्लाका ६ ठाउँबाट मोटा धान खरिद गर्न थालेको छ ।  व्यापार कम्पनी लिमिटेडको धनगढीस्थित प्रादेशिक कार्यालयका प्रमुख दीपक थापाले आजदेखि, गौरीगङ्गा, भजनी, टीकापुर, जोशीपुर र सत्ती क्षेत्रमा काँटा राखेर मोटा धान खरिदको काम थालिएको जानकारी दिए । लिमिटेडको मोहनपुरस्थित गोदाममा चार दिन […]